उपभोक्ताको भान्सा महंगियो, मुद्रास्फीति साढे ८ प्रतिशतभन्दा बढी
वि.सं.२०७९ असार २७ सोमवार १७:००
shares

काठमाडौं, २७ असार । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमका मूल्य वृद्धि साढे ८ प्रतिशतभन्दा बढी पुगेको छ । २०७९ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दर ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले दखाएको छ ।
२०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । यो २०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ ।















