वित्तीय साक्षरतामा बेस्ट डेभलपमेन्ट बैंक बन्यो गरिमा
वि.सं.२०८३ असोज ३ शनिवार १३:०७
shares

काठमाडौं, ३ असोज । वित्तीय साक्षरतामा ‘ख’ वर्गका बैंकहरु मध्येबाट गरिमा विकास बैंकबाट सर्वोत्कृष्ट विकास बैंक बनेको छ । गरिमा विकास बैंकले वित्तीय साक्षरतामा बेस्ठ्ट डेभलपमेन्ट बैंक अवार्ड प्राप्त गरेको हो ।
केटिएम भ्वाइसले शुत्रबार आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायले गरिमाका सीईओ माधव आचार्यलाई उक्त अवार्डको प्रमाण पत्र र ट्रफी हस्तान्तरण गरे ।
नेपालमा पहिलो पटक केटिएम भ्वाइसले आयोजना गरेको राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन एण्ड अवार्डको उद्घाटन खुत्रुके हस्तान्तरण गरेर गरिएको थियो । नेपालमै पहिलो पटक आयोजना गरिएको वित्तीय साक्षरता सम्मेलनमा उद्घाटन शत्रसहित ३ वटा सेसनहरु सञ्चालन भएका थिए ।
उद्घाटन शत्रमा आयोगका उपाध्यक्ष डा. भट्ट, अर्थसविच डा. उपाध्याय, राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटी, नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमानसिंह प्रधान, लघुवित्त बैंकर्स संघका उपाध्यक्ष दिपकनिधि तिवारी लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रममा ‘दिगो आर्थिक विकासका लागि उत्प्रेरकका रूपमा वित्तीय साक्षरता’ शीर्षकमा पहिलो प्यानल छलफल भएको थियो ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, उच्चस्तरीय वित्तीय क्षेत्र सुधार निर्देशन समितिका सदस्य भुवनकुमार दाहाल तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भरतसिंह थापा वक्ताका रुपमा सहभागी थिए भने लघुवित्त बैंकर्स संघका पूर्व अध्यष बसन्त लम्सालले प्यानलमा मोडिरेसन गरेका थिए ।
दोस्रो सत्रमा ‘समावेशी र पारदर्शी वित्तीय प्रणाली निर्माण ः वित्तीय साक्षरता, वित्तीय समावेशीकरण र सम्पत्ति शुद्धीकरण नियन्त्रण’ विषयमा छलफल भएको थियो । डा. रमेशचन्द्र पौडेल (सत्र अध्यक्ष), डा. राजन थापा, बैंकिङ विज्ञ तथा पूर्वसीईओ अनलराज भट्टराई र माइक्रोफाइनान्स अध्यक्ष लेखनाथ खनियाँ सहभागी यस प्यानलको शाइन रेसुंगा डेभलपमेन्ट बैंकका मानव संशाधन विभाग प्रमुख प्रभास राईले मोडिरेसन गरेका थिए ।
वित्तीय साक्षरता अवार्ड
सम्मेलनकै अवसरमा वित्तीय साक्षरता प्रवद्र्धनमा योगदान पु¥याएका विभिन्न बैंक तथा वित्तीय संस्था, डिजिटल वित्तीय सेवा प्रदायक तथा व्यक्तित्वहरूलाई वित्तीय साक्षरता अवार्ड प्रदान गरिएको थियो ।
संस्थागततर्फ वाणिज्य बैंकहरु मध्येबाट ग्लोबल आइएमई बैंक, विकास बैंकहरु मध्येबाट गरिमा विकास बैंक, फाइनान्स कम्पनीहरु मध्येबाट गुडविल फाइनान्स र लघुवित्तहरु मध्येबाट ग्लोबल आइएमई लघुवित्तलाई सर्वोत्कृत वित्तीय साक्षरता अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी नेपाल क्लियरिङ हाउसलाई डिजिटल साक्षरतामा उत्कृष्ट संस्थाका रुपमा अवार्ड प्राप्त गरेको छ । संस्थाले सञ्चालन गरेका वित्तीय तथा डिजिटल साक्षरता अभियान र त्यसको प्रभावका आधारमा सम्मान गरिएको थियो ।
व्यक्तिगत तर्फ वित्तीय साक्षरता सर्वोत्कृष्ट सम्मानका रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सम्मानित भएका छन् भने वित्तीय साक्षरता अभियान्ता भुवन दाहाललाई सर्वोत्कृष्ट वित्तीय साक्षरता प्रशिक्षक अवार्ड प्रदान गरिएको छ । राष्ट्र बैंककै सहप्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठलाई यसवर्षको वित्तीय साक्षरता प्रशिक्षकका रुपमा सम्मान अवार्ड प्रदान गरिएको छ ।
त्यस्तै, वित्तीय साक्षरता, वित्तीय पत्रकारिता तथा नागरिक सचेतना अभिवृद्धिमा योगदान दिने बैंकिङखबरका प्रधानसम्पादक माधव निर्दोषलाई अवार्ड प्रदान गरिएको छ । सुदुरपश्चिमका भिमबहादुर केसीलाई उदयीमान उद्यमशीलता अवार्डबाट सम्मान गरिएको छ ।
अवार्डका लागि संस्थाहरू तथा कार्यक्रमहरूको मूल्यांकन गर्दा कार्यक्रमको प्रभाव, भौगोलिक पहुँच, लाभग्राहीको संख्या, नवीनता तथा डिजिटल साक्षरता, ग्रामीण तथा पहुँचविहीन समुदायमा पुगेको प्रभाव र मापनयोग्य उपलब्धिजस्ता आधारलाई समेटिएको केटिएम भ्वाइसका अध्यक्ष तथा प्रधानसम्पादक रोयल आचार्यले जानकारी दिए ।


















