सुधा श्रेष्ठलाई वित्तीय साक्षरता प्रशिक्षक अवार्ड
वि.सं.२०८३ असोज ३ शनिवार १३:०४
shares

काठमाडौं, ३ असोज । नेपाल राष्ट्र बैंककी सहप्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठ यस वर्षको वित्तीय साक्षरता प्रशिक्षक अवार्डबाट सम्मानित भएकी छन्।
केटिएम भ्वाइसले शुक्रबार आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा श्रेष्ठलाई वित्तीय साक्षरता प्रवद्र्धन तथा प्रशिक्षणका क्षेत्रमा पुर्याएको योगदानका लागि उक्त अवार्ड प्रदान गरिएको हो।
वित्तीय ज्ञान तथा सचेतना अभिवृद्धिका लागि पुर्याएको योगदानलाई मूल्यांकन गर्दै श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ। नेपाल राष्ट्र बैंकमा श्रेष्ठ सहप्रवक्ता तथा सूचना अधिकारीका रूपमा कार्यरत छन्।
नेपालमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन तथा अवार्ड कार्यक्रममा बैंक तथा वित्तीय संस्था, नियामक निकाय, डिजिटल वित्तीय सेवा प्रदायक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।


















