माधव निर्दोषलाई वित्तीय साक्षरता पत्रकारिता अवार्ड
वि.सं.२०८३ असोज ३ शनिवार १३:०४
shares

काठमाडौं, ३ असोज । वित्तीय साक्षरता, वित्तीय पत्रकारिता तथा नागरिक सचेतना अभिवृद्धिमा योगदान पुर्याएको भन्दै बैंकिङखबरका प्रधानसम्पादक माधव निर्दोष सम्मानित भएका छन्।
केटिएम भ्वाइसले शुक्रबार आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा निर्दोषलाई वित्तीय साक्षरता तथा वित्तीय पत्रकारितामार्फत नागरिक सचेतना अभिवृद्धिमा पुर्याएको योगदानका लागि अवार्ड प्रदान गरिएको हो।
वित्तीय विषयमा नागरिकलाई जानकारी गराउने, वित्तीय सचेतना अभिवृद्धि गर्ने तथा वित्तीय पत्रकारितामार्फत वित्तीय क्षेत्रका विषयलाई आम पाठकसम्म पुर्याउने योगदानलाई सम्मानको आधार बनाइएको आयोजकले जनाएको छ।
कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता, वित्तीय समावेशीकरण, डिजिटल वित्तीय सेवा तथा सुरक्षित वित्तीय व्यवहारलगायतका विषयमा विभिन्न सत्रमा छलफलसमेत गरिएको थियो।


















