Dhulikhel Eco Banner new

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही

468
shares

काठमाडौं, १४ असोज । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९३, हर्न निषेधमा ०५, लेन क्रसमा ०५, अवस्था ठिक नभएको १२, एकतर्फीमा ५ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।