बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज १४ बुधवार ११:३२
1.64K
shares
shares

काठमाडौं, १४ असोज । स्थानीय बजारमा बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य २ हजार ८ सय ले बढेको हो ।
महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ९० हजार ५ सयमा कारोबार भएको सुन बुधबार बढेर २ लाख ९३ हजार ३ सय मा कारोबार भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । मंगलवार ४ हजार ३ सय ९५ रुपैंया मा कारोबार भएको चाँदी बढेर बुधबार ४ हजार ४ सय २५ रुपैंया मा कायम भएको हो ।

















