Dhulikhel Eco Banner new

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही

494
shares

काठमाडौं, १८ असोज । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ४६, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ७, लेन क्रसमा ५, अवस्था ठिक नभएको २५, एकतर्फीमा ८ र अन्यमा ३२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।