घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज २६ सोमवार ११:०८
507
shares
shares

काठमाडौं, २६ असोज । स्थानीय बजारमा सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ हजार १ सयले घटेको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सयमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ४ सयमा कारोबार भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य २५ रुपैँयाले घटेको छ । आइतबार ४ हजार ४ सय ४० रुपैंया मा कारोबार भएको चाँदी सोमबार ४ हजार ४ सय १५ रुपैंया मा कायम भएको हो ।


















