अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता
वि.सं.२०८३ असोज २६ सोमवार १४:५७
shares

काठमाडौं, २६ असोज । नेपाली चलचित्र ‘गौथली’का निर्देशक डा. कपिल रिजालले फ्रान्सको RED Movie Awards 2026 अन्तर्गत Autumn Edition मा Best Director (Man) विधामा अवार्ड जितेका छन्।
RED Movie Awards को आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार डा. रिजाल उक्त विधामा विजेता घोषित भएका हुन्। उनको यो उपलब्धिले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपाली चलचित्रको पहिचान थप उँचो बनाएको छ।
यस सफलताले निर्देशक रिजालको सिर्जनात्मक यात्रा र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस अवसरमा ‘गौथली’लाई माया, विश्वास र साथ दिने सम्पूर्ण दर्शक, शुभचिन्तक, आफन्त तथा चलचित्रप्रेमीप्रति आभार व्यक्त गरिएको छ।
आफ्ना मामाको सफलताप्रति खुसी व्यक्त गर्दै परिवारका सदस्य तथा शुभचिन्तकहरूले डा. रिजाललाई बधाई दिँदै आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिएका छन्।
‘गौथली’को यो उपलब्धि नेपाली चलचित्रप्रतिको माया, विश्वास र सिर्जनात्मक मेहनतको सम्मानका रूपमा पनि हेरिएको छ।
डा. कपिल रिजाल तथा सम्पूर्ण ‘गौथली’ टोलीलाई यस अन्तर्राष्ट्रिय सफलताका लागि हार्दिक बधाई!
















