बेनी हाइड्रोपावरको पहिलो कारोबार मूल्य कति? नेप्सेले तोकेको थियो २७३.८१ रुपैयाँसम्मको सीमा
वि.सं.२०८३ असोज २९ बिहीवार ११:०७
shares

काठमाडौं, २९ असोज। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएसँगै लगानीकर्ताको चासो बढेको छ। कम्पनीको पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको थियो।
कम्पनीको कुल १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यसमध्ये २० लाख ८० हजार कित्ता सर्वसाधारणका लागि र ८३ लाख २० हजार कित्ता संस्थापक सेयर रहेका छन्।
बेनी हाइड्रोपावरको सेयर कारोबार संकेत ‘BENH’ रहेको छ। कम्पनीको सेयर असोज २८ गतेदेखि विशेष प्रि–ओपन सेसनमार्फत कारोबारमा प्रवेश गर्ने व्यवस्था गरिएको थियो। उक्त सत्रमा तय हुने मूल्यपछि नियमित बजारमा सेयर खरिदबिक्री गर्न सकिने व्यवस्था छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको थियो।


















