Dhulikhel Eco Banner new

जुगेडीमा बिहानै दुर्घटना : रोकिराखेको ट्रकमा बस ठोक्कियो, ८ जना घाइते

741
shares

काठमाडौं, २९ असोज। चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौंँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा ट्रक चालकसहित बस र ट्रकमा सवार आठ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने एक महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको छ। दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।