Dhulikhel Eco Banner new

पोखरामा कम दृश्यतामै उडान सम्भव बनाउने तयारी, आरएनपी–एआर प्रणाली ल्याइँदै

403
shares

काठमाडौं, ३० असोज। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घटाउन आरएनपी–एआर (RNP-AR) प्रणाली लागू गर्ने तयारी अघि बढाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नयाँ प्रणाली लागू भएपछि निर्धारित मापदण्ड पूरा भएको अवस्थामा हाल आवश्यक पर्ने करिब ३ हजार १०० मिटर दृश्यताको तुलनामा करिब २ हजार मिटर दृश्यतामा पनि उडान तथा अवतरण सम्भव हुने अपेक्षा गरिएको छ।

भूउपग्रहमा आधारित यो प्रविधिले विमानलाई निर्धारित उडान मार्गमा अझ सटीक रूपमा अवतरण गर्न सहयोग गर्छ। पोखराको भौगोलिक बनावट र मौसमका कारण हुने उडान रद्द तथा अन्य विमानस्थलमा डाइभर्ट गर्नुपर्ने समस्या घटाउन यसले मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रणाली सञ्चालनमा ल्याउन भने प्राविधिक परीक्षण, सुरक्षा मूल्याङ्कन र आवश्यक नियामकीय स्वीकृति पूरा गर्नुपर्नेछ। साथै, सबै विमानले यो प्रक्रिया प्रयोग गर्न सक्ने छैनन्; विमानको प्राविधिक क्षमता र चालकदलको आवश्यक तालिम तथा अनुमति अनिवार्य हुनेछ।

प्राधिकरणले प्रणाली कार्यान्वयनका लागि करिब चार महिनाको लक्ष्य अघि सारेको बताइएको छ।