Dhulikhel Eco Banner new

नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान

377
shares

काठमाडौं, ३० असोज। नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले एकजना सहायक हवलदार र एकजना प्रहरी कार्यालय सहयोगीलाई पुरस्कार प्रदान गरेका हुन् ।

सहायक हवलदार राजेन्द्र चौधरी र कार्यालय सहयोगी प्रकाश सिंह महराले संयुक्त रुपमा यसवर्षको योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्राप्त गरे । पुरस्कार राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ । प्रहरी चौकी कोठियाघाट बर्दियामा कार्यरत सहायक हवलदार राजेन्द्र चौधरीले भदौ २३ मा मधुवन नपा–३ कोठीयाघाटको पुलबाट कर्णलीमा हामाफालेकी राजापुरकी १६ वर्षिया बालिकालाई सकुशल उद्धार गरेका थिए ।

दार्चुलामा कार्यरत कार्यालय सहयोगी प्रकाश सिंह महराले महाकाली नदीमा हामफालेकी महिलालाई सकुशल उद्धार गरेका थिए । सो पुरस्कार साहसिक काम गर्नेहरूलाई प्रदान गरिँदै आएको छ ।