Dhulikhel Eco Banner new

नेप्सेमा दुई कम्पनीको मूल्य फेरियो, मञ्जुश्री र बरुणको नयाँ मूल्य कति?

1.14K
shares

काठमाडौं,११ कार्तिक। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधबार दुई सूचीकृत कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। समायोजन हुने कम्पनीमा मञ्जुश्री फाइनान्स लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन्।

कम्पनीहरूले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले बोनस शेयरको अनुपातअनुसार दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेका अनुसार मञ्जुश्री फाइनान्सको ५ प्रतिशत र बरुण हाइड्रोपावरको ४।७५ प्रतिशत बोनस शेयर समायोजन गरिएको छ।

समायोजनपछि कुन कम्पनीको मूल्य कति ?

मञ्जुश्री फाइनान्सको समायोजित शेयरमूल्य प्रतिकित्ता ७२३ रुपैयाँ ३३ पैसा कायम भएको छ। यसअघि मंगलबारको कारोबारमा कम्पनीको शेयर प्रतिकित्ता ७५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

त्यस्तै, बरुण हाइड्रोपावरको समायोजित शेयरमूल्य प्रतिकित्ता ३२३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। मंगलबार कम्पनीको शेयर प्रतिकित्ता ३३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार मानेर बोनस शेयरको अनुपातअनुसार मूल्य समायोजन गरिएको हो। बुधबारको कारोबारमा दुवै कम्पनीका शेयर समायोजित मूल्यलाई आधार मानेर कारोबारमा आउनेछन्।यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।