Dhulikhel Eco Banner new

सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन तोलामा २ लाख ८३ हजार २०० रुपैयाँ

741
shares

काठमाडौं, ११ कात्तिक। नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला ९ सय रुपैयाँले बढ्दा चाँदी १० रुपैयाँले महँगिएको हो।

महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

आजको मूल्यअनुसार सुन र चाँदी दुवैको भाउ उकालो लागेको छ।