सात देशका ट्राभल क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दिया घुम्ने
वि.सं.२०८३ कात्तिक १५ आइतवार १२:१२
shares

काठमाडौं, १५ कार्तिक। नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यसहित सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन्। नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीचको सहकार्यमा उनीहरू नेपाल आएका हुन्।
नेपाल आएका क्रिएटरहरूमा बंगलादेशका Anirban Kaiser (अनिर्बान कैसर), श्रीलंकाका Kasun Sampath Degoda Gamage (कासुन सम्पथ), ट्युनिसियाका Balkis Kasouri and Mohammed Jamil Berry (बाल्किस कसौरी र मोहम्मद जमिल बेरी), संयुक्त अरब इमिरेट्स (यूएई) का Mohammed Nabil (मोहम्मद नबिल), फ्रान्सका Jeremy Beaudet (जेरेमी ब्यूडेट), पोर्चुगलका Daniel Rox Pinto (ड्यानियल रक्स पिन्टो )र दक्षिण कोरियाका Bangyu Lee (बाङयु ली) रहेका छन्।
उनीहरूले नेपालका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन र बर्दियाको भ्रमण गर्नेछन्। भ्रमणका क्रममा नेपालको प्राकृतिक सुन्दरता, संस्कृति तथा वन्यजन्तुलाई सामाजिक सञ्जालमार्फत विश्वभर चिनाउने खालका सामग्री तयार पार्नेछन्।
सामाजिक सञ्जालमा सामग्री प्रकाशनमार्फत नेपालको पर्यटन सम्भावना र विविधतालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले यो सहकार्य गरिएको हो।



















