Dhulikhel Eco Banner new

नेष्डो समृद्ध लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णले आवेदन दिन सक्ने

520
shares

काठमाडौं, १७ कात्तिक।नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि एसएलसी वा एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थामा कम्तीमा ६ महिना काम गरेको अनुभव अनिवार्य गरिएको छ ।

त्यसैगरी, आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

इच्छुक तथा तोकिएको योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।