Dhulikhel Eco Banner new

सानिमा मिडिल तमोरको नाफा १०४ प्रतिशतले उकालो, ईपीएस ५१ रुपैयाँ नाघ्यो

533
shares

काठमाडौं, १८ कात्तिक। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा गत वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको हो।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद नाफा १०४.५९ प्रतिशतले बढेको हो।

कम्पनीको नाफा वृद्धिमा विद्युत् बिक्रीबाट प्राप्त आम्दानीमा भएको सुधारले मुख्य योगदान दिएको देखिन्छ। समीक्षा अवधिमा विद्युत् बिक्रीबाट कम्पनीले ७४ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५७ करोड ४६ लाख ५६ हजार रुपैयाँ रहेको थियो।

विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीको कुल मुनाफा ६८ करोड ५० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन मुनाफा ५५ करोड ४ लाख रुपैयाँ कायम भएको छ। वित्तीय तथा प्रशासनिक खर्चमा देखिएको सन्तुलनले समेत कम्पनीको खुद नाफा वृद्धिमा सहयोग पुर्‍याएको छ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३३ करोड २४ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा तथा कोषमा सञ्चित मुनाफा बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५१ रुपैयाँ ५७ पैसा पुगेको छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २८ पैसा रहेको छ।