त्रिभुवन विश्वविद्यालयले ६ महिनामा फिर्ता ल्यायो ७०५ रोपनी अतिक्रमित जग्गा
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १०:०४
shares

काठमाडौं, १९ कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र अतिक्रमण तथा अनधिकृत रूपमा कब्जा गरिएको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ। विश्वविद्यालयले पछिल्लो ६ महिनाको अवधिमा उक्त जग्गा आफ्नो स्वामित्वमा फिर्ता ल्याएको हो।
शिक्षा मन्त्रालयको निर्देशनपछि विश्वविद्यालयको जग्गामा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको थियो। सोही अभियानअन्तर्गत विभिन्न स्थानमा कब्जा तथा अनधिकृत प्रयोगमा रहेको जग्गा फिर्ता ल्याइएको हो।
फिर्ता ल्याइएको जग्गालाई विश्वविद्यालयले शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिको विकासमा उपयोग गर्ने योजना बनाएको छ। उक्त जग्गामा शैक्षिक सुविधाको विस्तार, आधुनिक अनुसन्धान केन्द्र स्थापना तथा शैक्षिक पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको छ।
विश्वविद्यालयको जग्गा शैक्षिक प्रयोजनमै उपयोग गर्ने उद्देश्यसहित अतिक्रमण हटाएर आफ्नो स्वामित्वमा ल्याइएको हो।



















