Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरेको रक्तदान कार्यक्रममा ३६ जनाले गरे रक्तदान

403
shares

काठमाडौं, १९ कात्तिक । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन्।

संस्थाको कोशी प्रदेश कार्यालय र बरगाछी शाखा कार्यालयको संयुक्त आयोजनामा बुधबार प्रदेश कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा संस्थाका कर्मचारी तथा स्थानीय सर्वसाधारण गरी करिब ६० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमबाट संकलित ३६ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा, विराटनगरलाई उपलब्ध गराइएको थियो। रक्तदान कार्यक्रम सञ्चालनका लागि प्रादेशिक रक्तसञ्चार सेवाले प्राविधिक सहयोग गरेको थियो।

अस्पतालहरूमा रगतको अभाव कम गर्ने तथा रगत आवश्यक पर्ने बिरामीको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। रक्तदानजस्तो मानवीय सेवामार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै समुदायमा सहयोग र सेवाको भावना अभिवृद्धि गर्न कार्यक्रमले योगदान पुर्‍याएको छ।

वित्तीय सेवा प्रवाहसँगै सामाजिक तथा जनहितकारी गतिविधिमा समेत सक्रिय रहँदै आएको नेरुडे मिर्मिरे लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि समुदायको हित र कल्याणमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।