२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १०:२१
shares

काठमाडौं, १९ कात्तिक । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत २१, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १०५, हर्न निषेधमा ६, लेन क्रसमा १ एकतर्फीमा २ र अन्यमा ३१० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।



















