Dhulikhel Eco Banner new

गोरखामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

546
shares

काठमाडौं, १९ कात्तिक । विपद्का कारण देशका विभिन्न मुख्य राजमार्ग तथा बाटोहरू अवरुद्ध हुने क्रममा गोरखा जिल्लामा पनि यातायात सेवा प्रभावित भएको छ ।

नेपाल प्रहरीको आज बिहान ६ बजेसम्मको अध्यावधिक तथ्यांकअनुसार गोरखा जिल्लामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको आरूघाट गाउँपालिका वडा नं। २ र ३ स्थित क्षेत्रमा रहेको सो पुलमा बाढीका कारण क्षति पुगेको हो ।