Dhulikhel Eco Banner new

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

611
shares

काठमाडौं, ३ मंसिर । इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले ग्राहकका लागि मोबाइल एप सार्वजनिक गरेको छ। कम्पनीका अनुसार एपमार्फत ग्राहकले इन्टरनेट सेवासम्बन्धी विभिन्न विवरण हेर्न तथा सेवा व्यवस्थापन गर्न सक्नेछन्।

कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार एपमा इन्टरनेटको भुक्तानी विवरण हेर्ने, वाई-फाईको नाम र पासवर्ड परिवर्तन गर्ने तथा नेटवर्कमा जोडिएका उपकरणहरूको विवरण हेर्ने सुविधा उपलब्ध छ।

त्यसैगरी, ग्राहकले इन्टरनेट प्रयोगसम्बन्धी विवरण, नेटटीभी (NETTV) तथा राउटरसम्बन्धी जानकारी पनि एपबाट प्राप्त गर्न सक्नेछन्। इन्टरनेट सेवामा समस्या देखिएमा प्राविधिक सहयोगका लागि सपोर्ट टिकट दर्ता गर्ने सुविधा पनि एपमा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एपको उद्देश्य ग्राहकलाई इन्टरनेट सेवासम्बन्धी सामान्य व्यवस्थापन तथा जानकारी प्राप्त गर्न एउटै डिजिटल माध्यम उपलब्ध गराउनु हो। यसबाट भुक्तानी विवरण हेर्न, नेटवर्कको सेटिङ परिवर्तन गर्न र प्राविधिक समस्या दर्ता गर्न ग्राहकले मोबाइल एप प्रयोग गर्न सक्नेछन्।

वाई-फाई नेपालको मोबाइल एप हाल गुगल प्ले स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नेछन्।

एप डाउनलोड गर्ने लिङ्क:
https://play.google.com/store/apps/details?id=np.com.wifinepal

कम्पनीका सेवा तथा एपसम्बन्धी थप जानकारीका लागि आधिकारिक वेबसाइट https://wifinepal.com.np/ मा जान सकिनेछ। त्यस्तै, ०१-५९७०७८९ नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।