नेप्सेमा नेपाल ल्युब आयलको १ लाख ४५ हजार ७२५ कित्ता बोनस शेयर सूचीकृत
वि.सं.२०८३ मंसिर ९ बुधवार १२:५३
871
shares
shares

काठमाडौं, ९ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको १ लाख ४५ हजार ७२५.३६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीलाई वितरण गरेको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो।
नेप्सेको सूचीकरण विवरणअनुसार सूचीकृत बोनस शेयरको कुल परिमाण १ लाख ४५ हजार ७२५.३६ कित्ता रहेको छ।

















