सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग्यो
वि.सं.२०८३ मंसिर ९ बुधवार १३:०४
shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले मंसिर ८ गते सूचना जारी गर्दै आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो।
काठमाडौं, ९ मंसिर । कम्पनीले मार्केटिङ विभागअन्तर्गत म्यानेजर, डेपुटी म्यानेजर र असिस्टेन्ट म्यानेजर पदका लागि आवेदन आह्वान गरेको छ। यी पदमा आवेदन दिन बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, जनरल इन्स्योरेन्स क्षेत्रमा कम्तीमा ८ देखि १२ वर्षको कार्यअनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ।
त्यसैगरी, कम्पनीले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदमा पनि कर्मचारी माग गरेको छ। यी पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको र बीमा क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ।
कम्पनीले सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि पनि आवेदन खुलाएको छ। यी पदमा आवेदन दिन बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, बीमा क्षेत्रमा दुईदेखि चार वर्षको कार्यअनुभव आवश्यक पर्ने कम्पनीले जनाएको छ।
उल्लिखित पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति मंसिर ८ गतेदेखि १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

















