Dhulikhel Eco Banner new

मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश

611
shares

काठमाडौं, ११ मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा कर प्रयोजनार्थ आवश्यक रकमसमेत समावेश गरिएको छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।