Dhulikhel Eco Banner new

घोराही सिमेन्ट उद्योगले ७९ लाख कित्ता आईपीओ जारी गर्दै

5.5K
shares

काठमाडौं, १ साउन । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि ७९ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो ।

उक्त कम्पनी पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराहीले ७९ लाख ४३ हजार कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीले शेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाइ नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हिमालयनका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टका मनीषनारायण जोशी र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।