GBIME

बजारमा अरुलाई आउन दिनु हुदैँन भन्ने कुराले शेयर बजारमा ठुलो समस्या भयो

अहिले शेयर किन्ने उपयुक्त समय हो : लगानीकर्ता बास्तोला

1.88K
shares

काठमाडौं, २ साउन । गत आर्थिक वर्षमा शेयर बजार निकै नै अस्थिर रहयो । अघिल्लो आर्थिक वर्षमा इतिहासकै सबैभन्दा माथिल्लो विन्दुसम्म पुगेको शेयर बजार आर्थिक वर्षको मध्येभागबाट भने ओरोलो लागेको थियो । नीति नियम परिवर्तनका कारण समस्या भएको लगानीकर्ताहरुले आरोप लगाउँदै आएका छन् । लगानीकर्ताहरुले अनसन समेत बस्नु पर्ने अवस्था आयो ।

नियमनकारी निकाय धितोपत्र बोर्डले समस्या समाधान गर्ने बताए पछि लगानीकर्ताहरुको आन्दोलन रोकियो । आन्दोलन रोकिए पछिको अवस्थामा शेयर बजारको अवस्था कस्तो छ ? यसै विषयमा केटिएम भ्वाइसका लागि युकला पौडेलले लगानीकर्ता नयन बास्तोलासँग गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय शेयर बजारको अवस्था के कस्तो छ ?

शेयर बजार अहिले ठिकै छ चलिरहेको छ । बजारमा उतारचढावहरु भईरहेका छन् । बजारले गती लिन सकेको छैन् त्यस्तै छ ।

शेयर बजार विकास र विस्तारका लागि भनेर विभिन्न आन्दोलनहरु पनि भए, ती आन्दोलनहरुले सार्थकता पाए ?

सार्थकता त कहिले पाउदैन किनकि हाम्रो नेपालको प्रवृति नै त्यस्तो छ । तर कुनै पनि आन्दोलनबाट केही न केही उपलब्धी त भएकै हुन्छ । कति कुरा कार्यान्वन गछौँ भनेर गरिदँैन कति कुराहरु कार्यान्वन गरेर पनि लागु हुदैँनन् । हाम्रो नियामक निकाय, नेपाल राष्ट्र बैंक सरकारको तहमा रहेका व्यक्तिहरुको शेयरबजार प्रति सोच नै अर्को छ । भनौँ कहीँ कतैबाट मार्गनिर्देशित भएको जस्तो देखिन्छ । अनि आफ्नो स्वार्थ अनुकुल समय अनुकुल बोल्दिने कारणले शेयरबजार अहिले एकदम कसरत गरिरहेको अवस्था छ ।

शेयर बजारलाई स्थायीत्व किसिमको नीति नियम पूर्वाधार प्रविधियुक्त बनाउभन्दा पनि त्यो पनि बेवास्ता गरेको जस्तो दखिन्छ । तर पनि मार्केटमा रहेको ५० वटा ब्रोकरको सिन्डिकेट हट्न मानिरहेको छैन् । त्यो नहटेसम्म अरु सुधारका काम गरे जस्तो गरेर हुनेवाला केही छैन ।

धितोपत्र बोर्डले लिएका पछिल्ला नीतिहरुलाई कसरी लिनुभएको छ ?

पछिल्लो नीतिहरुमा केही संशोधन आएको छ । एडप्ट क्यापिटलमा केही कडा गरेर आएको छ । त्यो पनि सेवोन बाध्य भएर कडाई गरेको जस्तो मलाई लाग्छ । किनभने फ्लेक्जिबल हुन खोज्दा विभिन्न माध्यमहरुबाट विकास विस्तार गर्न खोज्दा बाधा अवरोध खडा गरियो ।
५० वटा ब्रोकरहरुले हामीले मात्र गनुपर्छ अरुलाई आउन दिनु हुदैन भन्ने कुराले शेयर बजारमा ठुलो असर परेको छ । त्यसले गर्दा बजारमा सिमित वर्गले मात्र खेल्ने मौका पाएको अवस्था छ । ५० लाख डिम्याट खोलिए होला तर सेकेण्डरी मार्केटमा प्ले गर्ने प्लेयरस्हरु सिमित हुन्छन् ।
ती सिमित व्यक्तिहरुले नियमक निकाय वा सरकारको पदमा रहेका व्यक्तिहरुलाई आफ्नो प्रभावमा पारेर आफु अनुकुलको बजार घटाउने बढाउने गरिरहेको अवस्था थियो । त्यसलाई चिर्नको लागि अहिले सेवोनले जुन कामहरु गरिरहेको छ । त्यो एउटा उत्साहजनक र स्वागत योग्य काम हो ।

अब आउने दिनमा सेवोन को नेतृत्व कसरी अगाडि बढ्छ सेवोनको नेतृत्वको विकास र विस्तार हेरेर नै हामीले अनुमान गर्ने हो । नत्र यस्ता व्यक्तिहरु धेरै सल्बलाउने गर्छन जसले कमाएको केही रकम खर्च गरेर हाम्रा नियामक निकायहरुलाई भुल्याउने गर्छन अब अहिलेको नेतृत्व त्यसमा भुल्लीन्छ की भुलीदैन त्यो भने हेर्न बाँकी छ ।

अहिले ४-१२ को नीति पनि व्यापक छलफलको विषय बनेको छ, यसमा तपाईको धारणा के छ ?

४-१२ को निति, बैंक तथा वित्तीय संस्थालाई शेयर किन्न रोक लघुवित्तमा भएका केही प्रावधानहरु राष्ट्र बैंकले तत्कालिन अवस्थामा केही सिमित व्यक्तिहरुलाई टार्गेट गरेर ल्याएको हो । अहिले बुझ्दा एउटा विपक्षी दलको कार्यकर्ता भएर यो शेयर बजारलाई असर गर्ने किसिमको बनाएको रहेछ ।
हामीले पहिला पनि अनुमान गरेका थियाँै । तर प्रमाण बिना बोल्न सकिरहेका थिएनौँ । तर अब त प्रमाण पनि आईसकेको छ । एउटा विपक्षी दल पार्टीको अर्थ तथा योजना विभागमा संलग्नता रहेछ । त्यसले गर्दा यो ४-१२ को नीति एकदम नकारात्मक कुरा हो । अब पनि यी कुराहरु हटेनन् भने शेयर बजारमा ठुलो असर पर्छ । शेयर बजारलाई असर गर्दा त सिङगो अर्थतन्त्रलाई नै असर पर्छ ।
त्यो कुरा बुझ्न आवश्यक छ । अबको मौद्रिक नीति तत्काल आउने वाला छ । राष्ट्र बैंकले पहिले भएका कुराहरु संशोधन गरेर नयाँ कुराहरु राखेको छ त्यो सबै हट्नु पर्छ । अनि मात्र शेयर बजार आफ्नो लयमा जान्छ ।

यतिबेला राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ, कस्तो मौद्रिक नीति आउनु पर्छ भन्ने लाग्छ ?

विश्वमा यतिबेला आर्थिक मन्दीको श्रीङ्खला चलेको छ । नेपाललाई पनि यसले असर गर्ला, यसलाई हेरेर अर्थतन्त्र चलायमान हुने, व्यापारी व्यवसायीहरु पनि नमर्ने किसिमको हुनुपर्यो ।
ब्याजदरलाई निश्चित दायरामा राख्नुपर्यो अनिमात्र मूल्यवृद्धि कम हुन्छ । पहिले पनि भएको थियो १३ प्रतिशत ब्याजदर हुँदा अर्थमन्त्री युवराज खतिवडाको पालामा एकैचोटी ९ प्रतिशतमा झारिएको थियो । अहिलेको गभर्नरको स्वार्थ पाटी विशेषको भावनाले त चल्दैन देश ।
अब त गभर्नर छोडेर गए हुन्छ । यस्तो विवादित भएर बस्नुभन्दा त छोडेको ठीक । यदि बस्नुहुन्छ भने पनि सबै क्षेत्रलाई समेटेर कसैलाई मार नपर्ने किसिमको मौद्रिक नीति ल्याउनु पर्छ जस्तो लाग्छ ।
यतिबेला बजार कस्तो छ, अहिले शेयर किन्दा हुन्छ ?

शेयर किन्ने बेला नै यतिबेला हो लगानी गर्ने ठीक समय हो । अहिले शेयरमा लगानी गर्दा यो आर्थिक वर्ष सकिनेबित्तिकै शेयर खातामा आउने बितिकै हामी शेयरको हकदार बनिसक्छौँ । अझ यसमाथि पनि शेयर घटेको अवस्था छ । त्यसैले सुनौलो अवसर हो नयाँ शेयर लगानीकर्ताहरुका लागि ।

नयाँ लगानीकर्ताहरुलाई केही भन्न चाहानुहुन्छ ?

नयाँ लगानीकर्तालाई सबैको कुरा सुुन्नुहोस तर आफुले लगानी गर्ने बेलामा एकजनासँग सल्लाह दिनुहोस् । भन्न त सबैले यो गर्नुस त्यो गर्नुस भन्छन् त्यसो गर्दा नयाँ लगानीकर्ता रनभुलमा पर्ने हुन्छ ।
त्यसैले एकजनालाई गुरु मान्नुहोस् अनि एक दुई वटा कम्पनीमा लगानी गरिसकेपछि आफैले अध्ययन सुरु गर्नुहोस अरुको भरमा मात्र सधै लगानी गर्न गाह्रो हुन्छ । अनि तपाई आफै बुझ्दै जानुहुन्छ कम्पनी नाफामा छ की घाटामा छ की अनि कुन कम्पनीमा लगानी गर्दा बेटर हुन्छ भनेर विचार गरेर मात्र लगानी गर्नुहोला । त्यसले गर्दा आफुलाई पनि लगानी गरेको पछुतो नहोस् ।