Dhulikhel Eco Banner new

पनौती नगरपालिका १ र नहुदा सेवा संस्थाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

8.81K
shares

काठमाडौं, १३ साउन । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १ ले बाघभैरव आधारभुत विद्यालयका २० जना विद्यार्थीलाई पाठ्यपुस्तक हस्तान्तरण गरेको छ । यस्तै जनज्योति प्राथमिक विद्यालयका ३५ विद्यार्थीहरुलाई नहुदा सेवा संस्थाबाट प्राप्त स्टेशनरी सामाग्री प्रदान गरेको छ । साउन १२ गते पनौती नगरपालिका वडा १ वडा अध्यक्ष जय कुमार लामाले उक्क्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

उक्क्त कार्यक्रममा बाध भैरव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एन्जिला तामाङले वडा अध्यक्ष माझ विधालयका समस्याहरु सहितको मन्तव्य राखेकी थिइन् । जस मध्यको पहिलो प्राथामिकतामा रहेको विद्यालय प्राङ्गण तारबारले घेर्ने कार्य निकट भविष्यमै गरिने प्रतिवद्धता वडा अध्यक्ष जय कुमार तामाङले गरेका थिए । अप्ठ्यारो परेको अवस्थामा जुनसुकै बेला पनि आफु उपस्थित भएर समस्याको समाधान गर्ने र पनौती नगरपालिकाको विकासका लागि अघि बढ्ने जानकारी समेत गराएका छन् ।

साथै जनज्योति प्रा. विका प्रधान अध्यापक विष्णु प्रसाद सापकोटाले उक्त विधालय स्थापनार्थ स्व. समाज सेवी निलकण्ठ सापकोटाले पु¥याएको योगदानको स्मरण सहितको मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस पनौती वडा नं–१ वडा ईकाइ सभापति लक्ष्मण सापकोटा , वडा सदस्यहरु क्रमश केदार प्र. सापकोटा , कृष्ण श्रेष्ण , सुभद्रा वि.क र सानुमाया तामाङ र नहुदा सेवा संस्थाका प्रतिनिधिहरु तथा विद्यालयका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।