Dhulikhel Eco Banner new

धौलागिरी लघुवित्तले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्दै

10K
shares

काठमाडौं, १५ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख ३१ हजार कित्ता आईपीओ साउन २४ गतेदेखि जारी गर्ने भएको छ । संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

संस्थाले जारी गर्ने आईपीओमध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । भने, बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । यस आइपिओमा लगानीकर्ताले aन्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस आइपिओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आईपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।