Dhulikhel Eco Banner new

घोराही सिमेन्टले साढे ३ अर्ब बराबरको आईपीओ जारी गर्ने

5.17K
shares

काठमाडौं, १५ साउन । घोराही सिमेन्टले साढे ३ अर्ब बराबरको आईपीओ जारी गर्ने भएको छ । विशाल र संघई समूहको लगानी रहेको घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासीन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता तथा सर्वसाधरणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि १०० रुपैयाँको अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० सय रुपैयाँमा आईपीओ जारी गर्नेछ । यस्तै, सर्वसाधारणका लागि भने अंकित मूल्यमा ३४५ रुपैयाँ प्रिमियम थप गरेर ४ सय ३५ रुपैयाँमा सेयर जारी गर्नेछ ।

आइपीओ निष्काशनका लागि कम्पनीले हिमालयन क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस्तै नागरिक लगानीकोषले घोराही सिमेन्टको आईपीओको प्रत्याभूति गर्ने भएको छ ।