अभियान लघुवित्तको आईपीओमा १० गुणा बढी आवेदन
वि.सं.२०७९ साउन १९ बिहीवार १२:५९
shares

काठमाडौं, १९ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा १० गुणा बढी आवेदन परेको छ । कम्पनीले साउन १८ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।
कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शुन्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू। १५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात पूँजी रू। २५ करोड पुग्नेछ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

















