नेपाल लाइफको ७३ लाख ८७ हजार संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ साउन १९ बिहीवार १५:५७
4.46K
shares
shares

काठमाडौं, १९ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा रुपान्तरण गरेको हो ।
नेपाल लाइफले ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेको छ । सो पश्चात् अब कम्पनीको शेयर संरचना ५१ः४९ अनुपातमा कायम हुनेछ ।















