Dhulikhel Eco Banner new

अर्थसचिव मरासिनीको सरुवा

5.98K
shares

काठमाडौं, १९ साउन । बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

गत आइतबार जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा फर्केपछि मरासिनीमा बिदामा बसेका थिए । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थ मन्त्री शर्माको राजीनामा माग गरिएपछि गत असार २२ गते पनि सचिव मरासिनी बिदामा बसेका थिए । शर्मा अर्थमन्त्रालयमा रहेसम्म मन्त्रालय नआउने बताउँदै आएका सचिव मरासिनी अहिले पनि बिदामा नै रहेका छन् ।

अर्थमन्त्री शर्माले अर्थसचिवको सरुवा भएको बताए पनि कहा सरुवा भएको भन्ने विषयमा भने केही जानकारी दिएनन् । त्यस्तै अर्थसचिवको जिम्मेवारीमा को आउँछ भन्ने विषयमा पनि कुनै जानकारी दिएनन् ।