म्युजिक नेपालले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल
वि.सं.२०७९ साउन २० शुक्रवार १५:४४
shares

काठमाडौं, २० साउन । म्यूजिक नेपालले साधारण शेयर (आईपीओ) निष्कासन गर्नेभएको छ । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।
एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत म्यूजिक नेपाललाई संस्थागत परामर्श सेवा सहित म्यूजिक नेपाललाई आईपीओ जारी गर्ने चरणमा पुर्याइ निकट भविष्यमा सर्वसाधारणहरुमा ९सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित० जारी गर्नुपर्ने आईपीओ निष्कासन गर्ने भएको छ ।
उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपालको तर्फबाट महा प्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन्। नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।
आईपीओ निष्कासन गर्नकोलागि एनआईसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

















