रिलायन्स फाइनान्स ५१ प्रतिशत घाटामा
वि.सं.२०७९ साउन २० शुक्रवार १६:५९
shares

काठमाडौं, २० साउन । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ससमा ७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ५१.३७ प्रतिशतले कम हो ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा खुम्चिदा खुद नाफा घट्न पुगेको हो ।
यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६७।४१ प्रतिशतले बढेर २५ करोड २८ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको सञ्चालन मुनाफा भने ५३।५९ प्रतिशतले घटेर १० करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ ।
फाइनान्सको निक्षेप संकलन १७.६७ प्रतिशतले बढेर ६ अर्ब ६७ करोड २ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि १७।४४ प्रतिशतले बढेर ५ अर्ब १७ करोड १७ लाख रुपैयाँ पुगेको छ।
फाइनान्सको खराब कर्जा भने १.८३ प्रतिशतले घटेर २।३३ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको खराब कर्जा ४.१६ प्रतिशत रहेको थियो ।
हाल एक अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा २२ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात ४४.९० गुणा रहेको छ ।















