Dhulikhel Eco Banner new

बाईनरी गेटवेले गर्यो मेरोमम्मा एप लञ्च, बच्चाका आमाहरुलाई अति उपयोगी

5.62K
shares

काठमाडौं, २३ साउन । दैनिक जीवनलाई थप सरल र सहज बनाउने क्रममा बाईनरी गेटवेले नयाँ  मेरोमम्मा एप लञ्च गरेको छ ।

मेरोमम्माद्वारा गर्भवती महिला र नवजात शिशुहरुको लागी चाहिने सुचनामुलक लेख सम्पर्क ठेगाना बिभिन्न उत्पादन तथा सामाग्री बिक्रीका लागी एकिकृत मोबाईल एपको विकास गरि लञ्च गरेको छ ।
यो एपका बिशेषताहरू गर्भधारण सम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहीने सल्लाह, बिज्ञ र सेवा संस्थानहरूको सम्पर्क र ठेगाना, आफुजस्तै अन्य गर्भवती र नवजात शिशुका आमाहरूसंगको अनलाईन समुहका साथै गर्भधान र शिशु सामाग्री किन्नका लागी सरल र सहज अनलाईन पसल रहेका छन् ।

गर्भवती तथा नबजात शिशुका अभिभावकको सुन्दर परिवारको परिकल्पनानामा साथ दिन आएको यो एप नेपालको बजारमा पहिलो प्रयोग हो ।
यसबाट मातृ तथा वाल शिक्षा र स्वास्थ्यसंग सम्बन्धित रहकोले यसबाट सबैलाई लाभमिल्ने हाम्रो विश्वास छ ।

बाईनरी गेटवेद्वारा निर्मित यो एपका संस्थापक रवि अग्रवाल र आशिष अग्रवाल रहेका छन् ।
खासमा यो अवधारणा आशिश र उहाँको श्रीमतिका लागि यस विषयमा आफुले सहि सूचनाको अभाव र चाहिने सामाग्री किन्ने ठाउँको अभावको आफ्नै तितो अनुभवबाट प्रेरित छ ।

बाईनरी गेटवेका अनुसार यो एपको एउटा उद्देश्य भनेको गर्भधान गरिरहेका जोडीहरुलाई सही बिज्ञ र सहि सूचनासंग जोड्नु नै हो । साथै यसको समाधानका लागी काम गर्नु हो ।
यो एप नवअभिभावकको अनुभवमा आधारित भएकोले सहि सुचना र सहि उत्पादनहरु लक्षित उपभोक्ता समक्ष पुग्ने कुरामा हामी (मेरोमम्मा) विश्वस्त रहेको छ ।

कम्पनीले यो एपको उदघाट्न पश्चात सुरुवातमा ग्राहकहरुको लागी निशल्क ढुवानी, छुट, तथा विभिन्न उपहारहरु पनि प्रदान गर्ने छ ।