Dhulikhel Eco Banner new

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, के तपाईलाई पर्यो ?

4.59K
shares

काठमाडौं, २४ साउन । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलमा भएको आइपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको आइपाीओमा साढे १५ लाखको हात खाली रहेको छ । आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् ।

हाइड्रोपावरको आइपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको २५।७२ गुणा बढी आवेदन परेको छ ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख १३ हजार ५७२ आवेदन परेको थियो। जसमध्ये ८७३ आवेदन शंकास्पद भएका कारण अयोग्य र २३१ आवेदन अस्वीकृत भएका छन्। बाँकी १४ लाख १२ हजार ४६८ आवेदन भने स्वीकृत भएका छन्।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो। यस अनुसार ६७ हजार ५८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ६ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले कम्पनीको शेयर पाएका छन्।