GBIME

बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै

1.54K
shares

काठमाडौं, २५ साउन । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ६ गतेदेखि हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

हाइड्रोपावरले १ः१ अनुपातमा कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरको हुनेछ ।

बरुणको हकप्रद सेयरमा लगानीकर्ताले साउन १ गतेसम्म कायम सेयरधनीले भदौ ६ देखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद सेयर बिक्रीका लागि बरुणले साउन २ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले बिक्रीमा ल्याउने हकप्रद किन्न पाउनेछन् ।

हकप्रदमा मेरो सेयर सफ्टवेयर, मोबाइल एपका अलवा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।v