GBIME

फरवार्ड माइक्रोफाइनान्सले कमायो ८४ करोड ५३ लाख खुद नाफा

1.1K
shares

काठमाडौं, २५ साउन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेखिय सुधार भएको छ । । फरवार्ड माइक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ६५.६५ प्रतिशतले बढेर ८४ करोड ५३ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५१ करोड ३ लाख ३५ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफामा उल्लेखनीय प्रगति हुँदा खुद नाफामा समेत सुधार आएको छ ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ४९.५१ प्रतिशतले बढेर १ अर्ब २० करोड २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको सञ्चालन नाफा ८० करोड २८ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड ५ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड ११ लाख ८१ हजार रुपैयाँ पुर्‍याएको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, सापटी रकम १६।८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ८३ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष ७२।३१ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७९ लाख ३२ हजार रुपैयाँ, निक्षेप संकलन १९।८७ प्रतिशतले बढेर ७ अर्ब ९५ करोड ९१ लाख १ हजार रुपैयाँ, कर्जा २७।९६ प्रतिशतले बढेर १९ अर्ब ८१ करोड १४ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको जनाएको छ ।

कम्पनीको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर १.८३ प्रतिशत कायम भएको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०० रुपैयाँ ११ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३१८ रुपैयाँ ८३ पैसा रहेको छ ।