श्रीजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने
वि.सं.२०७९ साउन २५ बुधवार १६:०४
7.89K
shares
shares

काठमाडौं, २५ साउन । श्रीजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले श्रीजनशील लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

















