Dhulikhel Eco Banner new

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

4.76K
shares

काठमाडौं, २५ साउन । बुधवार नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यस शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा बिहीवार देखि आउनेछन् ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १०० देखि ३०० ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दकाहरुका लागि निष्कासन गरेको ५० हजार ,सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल युएचईडब्लुए रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनएमबि क्यापिटल नागपोखरी मार्फत हुने नेप्से मार्फत जानकारी दिएको हो ।