विजय लघुवित्तको नाफा १६ प्रतिशतले घट्यो
वि.सं.२०७९ साउन २६ बिहीवार १०:१९
shares

काठमाडौं, २६ साउन । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष असार मसान्तसम्मको चौथो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १६ दशमलव २४ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा १२ करोड ५० लाख नाफा कमाएकोमा गत आवमा घटेर १० करोड ४७ लाख मा झरेको हो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा र संचालन आम्दानी घटेकाले नाफा घटेको हो । सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा १७ प्रतिशत घटेर १५ करोड ८१ लाखमा झरेको छ भने कुल संचालन आम्दानी ७ दशमलव ६८ प्रतिशतले घटेर ४१ करोड ५६ लाखमा झरेको छ ।
कम्पनीको असार मसान्तसम्म खुद ब्याज आम्दानी १० दशमलव ३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख रहेको छ ।
त्यसैगरी चुक्ता पूँजी ३२ करोड रहेको कम्पनीले जगेडा कोषमा २२ करोड ८८ लाख सञ्चित गरेको छ । असार मसान्तसम्म कम्पनीको सापटी रकम ३ अर्ब ८ करोड, निक्षेप १ अर्ब १३ करोड पुगेको छ भने कर्जा लगानी ४ अर्ब ७१ करोड गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव ७२, मूल्य आम्दानी अनुपात २८ दशमलव ७२ गुणा र प्रतिशेयर नेटवर्थ १७० दशमलव १६ रहेको छ ।


















