उपेन्द्र यादवको प्रश्न– केपी ओलीले पठाउदामात्रै विधेयक प्रमाणिकरण गर्ने हो ?
वि.सं.२०७९ साउन २९ आइतवार २०:५३
shares

काठमाडौं, २९ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले राष्ट्रपति भण्डारीले सोही विधेयक तत्कालिन प्रभानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको रुपमा पठाउदा पारित गरेको बताए । तर अहिले जनताका प्रतिनिधिहरुको दुबै सदनबाट पारित विधेयक फिर्ता पठाउनु भनेको असवैंधानिक भएको उनको भनाइ छ ।
‘यो कदम असंवैधानिक छ, संविधानमै स्पष्ट के छ भने, हरेक नागरिकलाई नागरिकताको अधिकारबाट बञ्चित गरिएको छैन’ उनले भने, ‘यो कमदले नागरिकलाई नागरिकताको अधिकारबाट बञ्चित गराउछ ।’ अध्यक्ष यादवले राष्ट्रपतिले आफ्नै निर्णय उल्टाएको आरोप समेत लगाए । केपी ओलीले पठाउदा सदर गर्ने राष्ट्रपतिको कदम गलत भएको उनको प्रतिक्रिया छ ।



















