काठमाडौं महानगरको नगर प्रहरीबाट हटाइए धनपति
वि.सं.२०७९ भदौ ५ आइतवार २२:०१
4.15K
shares
shares

काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख परिवर्तन गरेको छ । मेयर बालेन्द्र साह(बालेन)ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएका हुन् । उनको ठाउँमा महानगरपालिकाले राजु पाण्डेलाई जिम्मेवारी दिएको छ ।
काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ । हटाइएका नगर प्रहरी प्रमुख सापकोटालाई प्रशासन तर्फ खटाइएको छ ।















