हिमाल दोलखा हाइड्रोपावरको स्थगित साधारणसभा भदौ १९ गते
वि.सं.२०७९ भदौ १२ आइतवार ११:२४
shares

काठमाडौं, १२ भदौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्पनीको भदौ १० गते बसेको संचालक समितिको बैठकले गणपुरक संख्या नपुगी स्थगित भएको १३औं र १४औं वार्षिक साधारण सभा भदौ १९ गते गर्ने जानकारी दिएको हो ।
साधारणसभा लिसारा बैंक्वेट हल, नक्साल, काठमाडौंमा बिहान ११ः३० मा शुरु हुनेछ ।
सभाले हाल कायम १ अर्ब ६० करोड चुक्तापूँजीको ७५ प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ७५ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आर्थिक वर्ष २०७६ र०७७/२०७७र ०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यसैगरी अन्य प्रस्तावमा आव २०७८/०७९को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

















