Dhulikhel Eco Banner new

मोवाईल बैंकिङ्गको फण्ड ट्रान्सफरमा टवीस्ट अफ टु अफर

5.63K
shares

काठमाडौं, १९ भदौ । नेपाल क्लियरीङ्ग हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोवाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा “टवीस्ट अफ टु” को अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्ये १०२ जनाले  १०२ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो अफर भाद्र १९ गते देखि असोज २९, २०७९ गतेसम्म लागु हुनेछ । आईतबार देखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने छन् र सोको जानकारी हरेक हप्ताको अन्त्य पछी www.connectips.com मा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनी मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस लाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस टवीस्ट अफ टु अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आईपीएस को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस मा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आईपीएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको करिब देढ महिनामा ३९५ अर्ब बराबरको ५२ लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।