Dhulikhel Eco Banner new

असनमा भएका अनाधिकृत भवन र फुटपाथ हटाउदै महानगरपालिका

5.28K
shares

काठमाडौं, २१ भदौ । महानगरले असन क्षेत्रलाई खुल्ला राख्न असन क्षेत्रमा नियम विपरीत बनाइएको संरचना र पसललाई हटाइरहेको छ ।

महानगरले मंगलबारदेखि असनमा अनाधिकृत संरचना हटाउन थालेको हो । अहिले महानगर प्रहरी त्यस क्षेत्रमा पुगेको छ ।

इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।

महानगरको टोलीले फुटपाथ मिचेर सञ्चालन गरिएका ती पसलका सामग्रीहरु नियन्त्रणमा लिन लगेको छ ।

अनसन क्षेत्रका व्यवसायी भने महानगरको कदमको विरोध गरिरहेका छन ।