Dhulikhel Eco Banner new

सन्दीपको बारेमा आधिकारीक जानकारी छैन, छलफल पछि निष्कर्षमा पुग्छौँ : अध्यक्ष चन्द

4.73K
shares

काठमाडौं, २२ भदौ । नेपाल क्रिकेट संघ क्यानले कप्तान सन्दीप लामिछानेको विषयमा छलफल पछि मात्रै धारणा व्यक्त गर्ने बताएका छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केटिएम भ्वाइससँग कुरा गर्दै आधिकारी जानकारी नआएको भए पनि सञ्चार माध्यमबाट जानकारी प्राप्त भएकाले यस विषयमा छलफल भइरहेको बताएका हुन् ।

अहिले छलफल भइरहेको र त्यस पछि मात्रै क्यानको आधिकारी धारणा आउने उनको भनाइ छ । बलात्कार जस्तो आरोप लागे पछि उनलाई टिम राख्ने वा निलम्बन गर्ने भन्ने विषयमा छलफलपछि मात्रै बोल्न मिल्ने अध्यक्ष चन्दले बताए । ‘हामीलाई आधिकारी रुपमा जानकारी आएको छैन, सञ्चार माध्यामबाट जानकारी पाए पछि छलफल गर्नु पर्ने हुन्छ,’ उनले भने ।

अहिले क्यानका अध्यक्ष चन्द आफू बाहिर रहेका छन् । काठमाडौं आएर छलफल हुने उनको भनाइ छ । यस विषयमा क्यानले अन्तराष्ट्रिय अभ्यासको पनि अध्ययन गरिरहेको उनले जानकारी दिए ।