Dhulikhel Eco Banner new

मन्त्री शर्माले अस्वीकार गरे उपमहासचिव पद

4.52K
shares

काठमाडौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिव नरहेको बताएका हुन् ।

अर्थमन्त्री समेत रहेका नेता शर्माले कार्यक्रममा आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए । शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए ।

पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भने्, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’